राष्ट्रपति मुखर्जीलाई घुमाउन २८ हजार डलर खर्चिएर बुद्धका दुई जहाज चार्टर - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

राष्ट्रपति मुखर्जीलाई घुमाउन २८ हजार डलर खर्चिएर बुद्धका दुई जहाज चार्टर



काठमाडौं, १८ कात्तिक । नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुर र पोखरा घुमाउन बुद्ध एयरका दुई जहाज चार्टर गर्ने भएको छ।

जसका लागि सरकारले २८ हजार डलर खर्चँदै छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार बुद्ध एयरको एटीआर–४२ जहाजमार्फत चार्टर गरी सरकारले जनकपुर र पोखरा भ्रमण गराउन लागेको हो।

राष्ट्रपति मुखर्जी बुधबार नेपाल भ्रमणको क्रममा काठमाडौं आएका छन्।

मुखर्जी सहतिको टोलीलाई काठमाडौंबाट जनकपुर र पोखरा जाँदा बुद्ध एयरको चार्टर सेवा दिनेछ। कारोबार दैनिकमा खबर छ ।