कैलालीको सुखडमा २ दिने नेत्रित्व विकास सम्बन्धी तालिम सम्पन्न   - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

कैलालीको सुखडमा २ दिने नेत्रित्व विकास सम्बन्धी तालिम सम्पन्न  



लक्ष्मी भट्टराई

पहलमानपुर ,कैलाली । २ दिने नेतृत्व विकास संम्बन्धी तालिम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ । समाजमा जरो गाडेर बसेका कु प्रथाको अन्त्यका लागि  युवा  शक्ति बलवान  हुने  भएकाले  युवा  नेत्तृत्व  विकास को  आयोजनामा  गरिएको  आयोजकले जनाएको छ ।

ओरेक नेपाल को आयोजना तथा घोडाघोडी नगर नगर यूवा संजालको  सहकार्यमा  संचालित  कार्यक्रममा  ओरेक  नेपालकी  जिल्ला संयोजक विनु रााणले अझै  पनि  समाजमा  लैङ्गिक हिंसा , बाल विबाह , मानव बेचविखन  जस्ता कु प्रथा कायमै रहेको हुदा सो को  निवारणमा युवा  शक्तिको  नेतृत्वदाई भुमिका रहनु पर्नेमा जोड  दिनु भयो ।

कार्यक्रममा  ओरेक  नेपालकी  कार्यक्रम संयोजक  सरिता  चौधरीले  युवा  जनशक्ति नै  समाज परिवर्तण को बलियो  आधार  भएको  कारण  युवा नै  नेतृत्व आजको  आवश्यक महसुस  गरी नेतृत्व  विकास संबन्धी  तालिम  युवा लक्षित गरी  संचालन  गरिएको  बताउनु भयो ।

२ दिन संचालन भएको  तालिममा घोडाघोडी नगरपालिका अन्तरगत  नगर  युवा संजाल र वडा संजालका गरि  कार्यक्रममा  २४  बढी  यसवाहरुको सहभागिता रहेको थियो । सोही  २ दिने  तालिममा   सहजीकरण ओरेक नेपालकी  कैलाली जिल्ला संयोजक  विनु राणा र कार्यक्रम  संयोजक  सरिता चौधरीले  गर्नु भएको थियो । कार्यक्रममा  सहभागीहरुले  तालीम  एकदमै फलदायक  भएको  बताएका छन ।