‘लम्फू’ देशभरका ८० पर्दामा लाग्ने ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘लम्फू’ देशभरका ८० पर्दामा लाग्ने !



शुक्रवार अर्थात बैशाख २८ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘लम्फू’ टिम प्रचार प्रसारको क्रममा बुधवार त्रिभुवन विश्वविद्यालय पुगेको छ । प्राज्ञिक विद्यार्थी परिषद, नेपालले आयोजना गरेको ‘कला, साहित्य एवं साँस्कृतिक’ कार्यक्रममा पुगेर फिल्मको प्रमोशन गरेको हो । कलाकारहरु कबिर खड्का, सञ्जित भण्डारी र आयान खड्काले ‘लम्फू’ को प्रचार गरे ।

गीतसंगीत र कमेडी ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘लम्फू’ देशभरका ८० पर्दामा लाग्ने भएको छ । राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित देशैभर फिल्म रिलिज हुन लागेको निर्देशक गोपालचन्द्र लामिछानेले जानकारी दिए ।

निर्माता शक्तिबल्दभ घोरासैनी भन्छन्, ‘८० हल भनेको निकै राम्रो हो, हामीले चाहेको जसरी नै शोहरु पाएका छौँ । मल्टिप्लेक्स तथा सिंगल थिएटर सबैमा दर्शकले लम्फु हेर्न पाउनुहुनेछ ।’ यो फिल्म यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

’लम्फू’ बाट नायकको रुपमा डेव्यु कविरले  फिल्म हेरिदिन आग्रह गरे । यो फिल्म आफ्ना लागि अग्निपरिक्षा रहेको बताउँदै लम्फू का लागि १४ महिना दाह्री पालेको समेत स्मरण गरे । फिल्म हेरुन्जेल भरपूर मनोरञ्जन दिने बताए । उक्त कार्यक्रममा चर्चित गजलकार ज्ञानुवाकर पौडेल, गीतकार डा. कृष्णहरी बराल लगायतका व्यक्तिहरु अतिथीको रुपमा उपस्थित थिए ।

२ घण्टा २५ मिनेटको यस फिल्मले चलचित्र सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो फिल्म जुनसुकै वर्गका दर्शकले हेर्न पाउनेछन् । यस फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।

‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ ।