एनआरएनए जर्मनीले मुस्कान सेवालाई सहयोग , महिला फोरम गठन  - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

एनआरएनए जर्मनीले मुस्कान सेवालाई सहयोग , महिला फोरम गठन 



गैर आवासीय नेपाली संघ जर्मनीले हेर्ने वानआईकल शहरमा नयाँ बर्षको शुभकाना कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा ख्याती प्राप्त फिल्मी गायक कृष्ण काफ्ले र युरोपमा लोक प्रिय कलाकार तुल्सी सिबकोटीको सांगीतिक प्रस्तुतिको साथमा स्थानीय कलाकारहरु नृत्यले धेरै मनोरंजन बनायो। यस सांकृतिक कार्यक्रमबाट जम्मा भएको रकम  मुस्कान सेवा नेपालको  भावन निर्माणमा  सहयोग हुने गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तानले बताए।

गैर आवासिय नेपाली संघ जर्मनी र सम्पूर्ण स्थानिय संघ  संस्थाहरुको  सहकार्यमा यो नयाबर्ष को शुभकामना आदान प्रदान र नेपाली समुदायमा एकताको लागी  कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष मोक्तानले बताए।

गैर आवासीय नेपाली संघ जर्मनीले नियमित चौथो बैठक बिजय मोक्तानको अध्यक्षतामा सांस्कृतिक कार्यक्रम सुरु हुनु भन्दा पहिला उक्त दिनमा सम्पन्न गरेको छ। बैठकमा संघका संस्थापक  अध्यक्ष एबं निर्वाचन प्रमुख आयुक्त दिल बहादुर गुरुङ , पूर्व आईसिसी सदस्य सन्तोष  भट्टराई र  निबर्तमान अध्यक्ष नबराज रोस्यराको पनि उपस्थित रहेको थियो ।

बैठकमा गैर आवासीय नेपाली संघ (एन आर एन ए) जर्मनीले  परोपकारी संस्थाको रुममा कानुनी मान्यता र  अन्य विविध बिषयहरुको बारेमा  छलफल भएको थियो। अब केही दिनमै अर्को  एउटा  साइबर बैठकमा बाकी बिषयहरुमा छलफल गरिने  निर्णय सहित बैठकको  समापन गरिएको छ ।

संघले महिला सम्योजक भिमानानी श्रेष्ठको संयोजकतामा महिला फोरम गठन गरी ४०० युरो धन राशी संकलन गरेको छ। यो रकम नेपालको ग्रामीण भेगका   महिलाहरुको स्वास्थ सम्बन्धी सहयोग गरिने छ।

गैर आवासिय नेपाली संघले आयोजना गरेको कार्यक्रममा  नेपाल सरकार जर्मनी एन आर डब्लु क्षेत्रका बाणिज्य दुत राम प्रताप थापा,संघका संस्थापक  अध्यक्ष दिल बहादुर गुरुङ , नेपाल पर्यटन बोर्ड जर्मनीका लागि प्रतिनिधि सन्तोष भट्टराई , नेपाल चिडिया घरका प्रबन्धक डा.सुरेश पोखरेल र  स्थानिय संघ संस्थाहरुका प्रनितिनिधित्वको उपस्थिति  रहेको थियो।

कार्यक्रममा स्थानिय कलाकारहरु रोजिना बैजु , डा. सुनिल हमाल , सविना खतिवडा , ज्योति डुंगाना , संगिता दाहाल , जानु क्षेत्री  , किरण सुबेदीले आ आफ्नो  कलाकारिता  प्रदर्शन गरी दर्शकहरुलाई  भर पूर्ण मनोरञ्जन गरेका  थिए ।

संघका महासचिब टन्क लम्सालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य  महिला उपाध्यक्ष  किरण सिग्देलले गरिन। कार्यक्रममा अर्थ संकलन तथा कार्यक्रमको संयोजक  कोषाध्यक्ष  निनम्मा राई र दिपक लामा ले गरेका थिए।

अन्त्यमा गैर आवासिय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तानले संघका सम्पूर्ण पदाधिकारीहरु र कार्यक्रममा उपस्थित सबै सहभागी र सहयोगी दाताहरु तथा सहकार्य गर्ने संघ संस्थाहरु  एबं कार्यक्रम सफल बनाउने स्वयं सेवकहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरे।