दक्षिण भारतका चर्चित कलाकारको पारिश्रमिक कति ? - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

दक्षिण भारतका चर्चित कलाकारको पारिश्रमिक कति ?



हामी सबैलाई थाहा छ साउथ इन्डियन चलचित्र निकै रोमाञ्चक हुन्छन् । खास गरी कथा र प्रस्तुति हेर्नेहो भने साउथ इन्डियन चलचित्र मनोरञ्जनकै लागी मात्र तयार गरिएको हुन्छन्  । लामो समय भएको छैन दक्षिण भारतका चलचित्रले दुनियाँ तताउन सुरु गरेको ।

छोटो समयमा पनि विश्वलाई पछि लगाउने खुबी राख्ने टलीवुडमा निर्देशक देखि कलाकार सबै खारीएका छन् । एकै थरी चलचित्रबाट वाक्क बनेका दर्शकहरूको मनोविज्ञान बुझेर जब दक्षिण भारतीय सिनेमा उद्योगले फरक शैलीमा स्वाद पस्किन सुरु गर्‍यो दुनियाँले भन्न थाल्यो वा चलचित्र त यस्तो पो !

हामी धेरैलाई दक्षिण भारतका चर्चित कलाकारले कति कमाउँछन् भन्ने जिज्ञासा छ । यसै विषयमा हामीले प्रमुख ११ कलाकारको कमाइलाई यहाँ प्रस्तुत गरेका छौँ ।

साउथका अन्य ११ सफल अभिनेताको पारिश्रमिक

कमल हसन

एक फिल्ममा काम गरेबापत कमल हसन २५ देखी ३० करोड भारतीय रुपैयाँसम्म लिन्छन् । साउथ फिल्मका सुपरस्टार कमलले केहि हिन्दी फिल्महरुमा समेत काम गरेका छन् । कमलले आजसम्म १९ पटक फिल्मफेयर अवार्ड जितेका छन् । उनले काम गरेका हिन्दी फिल्म सद्मा, एक दुजेके लिए, चाची ४२०, सागर र हे राम हिट भएका थिए । त्यस्तै साउथमा उनका नायकन, विश्वरुपम्, विरुमान्डी लगायतका फिल्म हिट छन् ।

विजयतमिल फिल्मका अभिनेता विजय नायक मात्र नभएर गायक पनि हुन् । थुपक्की, कठ्ठी, पोक्कीरी लगायतका फिल्ममा काम गरेका उनले बाल कलाकारको रुपमा ६ फिल्ममा काम गरेका थिए । विजय गएको तीन वर्षदेखि फोब्र्सको उत्कृष्ठ १०० सेलिब्रेटीको सूचिमा परिरहेका छन् । उनी एक फिल्ममा काम गरेबापत २५ करोड भारु लिन्छन् ।

अजितकुमार

तमिल फिल्मका सुपरस्टार अजितकुमार एक फिल्ममा काम गरे बापत २० देखि २५ करोड भारुसम्म पारिश्रमिक लिन्छन् । अजितले आजसम्म चार पटक फिल्म फेयर जितेका छन् । उनले कढाई कोत्तई, वारालारु, वाली, सीटीजन लगायतका फिल्ममा काम गरेका छन् ।

प्रभास साउथ फिल्मका चर्चित अभिनेता प्रभास एक फिल्ममा काम गरेबापत २० करोड भारु लिन्छन् । उनी साउथ फिल्मका अभिनेता भएपनि फिल्म बाहुबली पछि हिन्दी फिल्मदर्शकका पनि मनपर्ने स्टार बनेका छन् । सन् २०१२ मा फिल्म ईश्वरबाट करियर सुरु गरेका प्रभासले छत्रपति, बिल्ला, एक निरंजन, रिबल मिर्ची बाहुबलीलगायतका फिल्ममा काम गरेका छन् ।

पवन कल्याण

अभिनेता पवन कल्याण एक फिल्ममा काम गरेबापत १८ करोड भारु लिन्छन् । उनी अभिनेताका साथै कोरियोग्राफर, निर्देशक, स्क्रीप्ट राईटर पनि हुन् । उनी अभिनेता चिरंजीविका भाई हुन् । उनले खुसी, जल्सा, गब्बर सिंह लगायतका फिल्ममा काम गरेका छन् । उनले सन् २०१४ मा जनसेना पार्टी बनाएर राजनीतिमा प्रवेश गरे । हाल उनको परिचयमा राजनेता पनि थपिएको छ ।

सूर्या

तमिल फिल्मका अभिनेता सूर्या निर्माताका साथै टेलिभिजन प्रस्तोता पनि हुन् । सन् २०१० मा उनी रक्तचरित्र माफर्त अभिनयमा प्रवेश गरेका थिए । यस फिल्मबाट उनले बेस्ट न्यूकमर स्क्रीन अवार्ड हात पारे । सूर्या एक फिल्ममा काम गरेबापत १८ करोड भारु लिन्छन् । उनले नन्दा, काखाकाखा, गजिनी, सिंघम लगायतका फिल्ममा काम गरिसकेका छन् ।

महेश बाबु

तेलुगु फिल्मका चर्चित अभिनेता महेश बाबुले धेरै प्रशंसकहरु बनाएका छन् । यसका साथै उनको फिल्मको कमाई पनि कम छैन । उनी एक फिल्ममा काम गरेबापत १६ करोड भारु लिन्छन् । महेशबाबुले चार पटक साउथको फिल्म फेयर अवार्ड जितेका छन् । उनले काम गरेका फिल्ममा ओकडु, बिजनेसम्यान हिट छन् ।

विक्रमएक फिल्ममा काम गरेबापत १२ करोड भारु पारिश्रमिक लिने अभिनेता विक्रम तमिल फिल्मका सफल अभिनेता हुन् । उनले सेतु, ढिल, धूल, लगायतका फिल्ममा काम गरेका छन् । गतवर्ष उनको फिल्म आई पनि सफल रह्यो । विक्रमले ६ पटक साउथको फिल्म फेयर अवार्ड जितिसकेका छन् । त्यस्तै एक पटक नेशनल अवार्ड पनि उनको पोल्टामा परिसकेको छ ।

राम चरण तेजाअभिनेता चिरंजीवीले जस्तै उनका छोरा रामचरणले पनि साउथ फिल्ममा सफलता पाएका छन् । उनले चिरुथा, नायक, येबधु, ब्रुस लि, मगद्धीरा लगायतका हिट फिल्ममा काम गरिसकेका छन् । त्यस्तै रामले बलिउड फिल्म जंजीरमा पनि काम गरे तर फिल्म फ्लप भयो । उनी एक फिल्ममा काम गरेबापत १२ करोड भारु पारिश्रमिक लिन्छन्।

जुुनियर एनटीआर

अभिनेता जुनियर एनटीआरले एक फिल्ममा काम गरेबापत १२ करोड भारु लिन्छन् । उनले सन् १९९६ मा फिल्म रामायणबाट बालकलाकारको रुपमा अभिनय सुरु गरेका थिए । उनी चर्चित अभिनेता एनटी रामा रावका नाति हुन् ।

अल्लु अर्जुन

अभिनेता अल्लु अर्जुनले एक फिल्ममा काम गरेको १० करोड भारु पारिश्रमिक लिन्छन् । उनी तेलुगु फिल्मका सफल अभिनेता हुन् । अल्लु फोब्र्स ईन्डीया २०१५ मा उत्कृष्ट १०० सेलिब्रेटीमध्ये ५० मा परेका थिए । अभिनेता चिरंजीवी उनका मामा हुन् । अल्लुले पारुगु, वेदम, रेस गुरुम फिल्मबाट बेस्ट अभिनेताको अवार्ड जितेका छन् ।