महेशबाबुको फिल्मले कमायो १५ दिनमै २ सय करोड - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

महेशबाबुको फिल्मले कमायो १५ दिनमै २ सय करोड



एजेन्सी । दक्षिण भारतीय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म ‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ । पोलिटिकल ड्रामा फिल्मले २०० करोड कटाएको हो । सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

रिलिजको दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शकहरू उल्लेख्य मात्रामा आइरहेका छन् । रिलिजको पहिलो साता विश्वव्यापीरूपमा १६१.२८ करोड कमाउन सफल फिल्मले रिलिजको १० दिनमा करिब १८१ करोड कमाइ गरिसकेको छ ।

फिल्मले भारतसँगै विदेशमा समेत सोचेभन्दा गतिलो व्यापार गरिरहेको छ । फिल्मले अमेरीकी वक्सअफिसमा मात्रै ३.५ मिलियन अमेरीकी डलरको आँकडा छुन थालेको छ । यस्तो कमाइ गर्ने यो दोस्रो टलिउड फिल्म हो । फिल्ममा महेश बाबु मुख्यमन्त्रीको भूमिकामा देखिएका छन् ।