भारतीय राष्ट्रपतिको भ्रमणमा उच्च सतर्कता, यस्तो छ भ्रमण तालिका - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

भारतीय राष्ट्रपतिको भ्रमणमा उच्च सतर्कता, यस्तो छ भ्रमण तालिका



काठमाडौं, कात्तिक १५ । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको तयारी तीब्र पारिएको छ । खासगरी सुरक्षा संयन्त्रलाई उच्च सतर्कताका लागि तयार राखिएको समाचार छ ।

रक्षा र परराष्ट्र मन्त्रालयले नेपाली सेनासँग सुरक्षा अवस्थाबारे जानकारी लिइएको छ भने भ्रमणका क्रममा कुनै पनि अवाञ्चिछत गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी लिएका छन ।

के छ त भ्रमण तालिका
१७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्ने
१७ गते नै मुखर्जी र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता।
१७ गते साँझ राष्ट्रपति भण्डारीद्वारा राजकीय भोजको आयोजना ,

१८ गते पशुपतिनाथ मन्दिरमा पूजा गर्नेछन् ।
१८ गते नै काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने

१८ गते काठमाडौं महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दन समारोहमा सहभागी
१८ गते नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा मन्तव्य

यसबाहेक राष्ट्रपति मुखर्जीसँग नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेताहरुले भेट्ने कार्यक्रम छ ।

कात्तिक १९ गते जनकपुर र पोखराको भ्रमण

१९ गते स्वदेश फिर्ता

भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आउनुभएको थियो

everestdainek