बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
हरिश चन्द्र बाग / कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्म सिंह मिस्त्री माथी बेलौरी नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सिफारिसका लागि गएका बेलामा गत चैत्र १८ गते भएको कुटपीट पछि १ महिना सम्म पनि दोषीलाई प्रशासनले कुनै कार्वाही नगरेको भन्दै नेपाल दलित संघ क्षेत्रीय कार्यसमिति र नेपाली कांग्रेश क्षेत्रीय कार्यसमिति तथा बेलौरी नगर कार्यसमितिले तालाबन्दी गरेको हो ।
आज बिहान १० बजे बेलौरी नगरपालिकाका नगर प्रमुखको कार्यकक्ष र प्रशासन फाँटमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आज मध्यान्ह १२ बजे बेलौरी बजारको चोकमा कोण सभा गरी दोषीलाई कारबाही नभएसम्म चरणबद्द रुपमा विरोध गर्ने जनाइएको छ । आज बिहान ८ बजे देखि १२ बजे सम्म बेलौरी बजार समेत बन्द गरिएको थियो ।