ज्याकी च्यानकी छोरी अलपत्र परिन - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

ज्याकी च्यानकी छोरी अलपत्र परिन



प्रख्यात एक्सन स्टार ज्याकी च्यानकी छोरी एट्टा निङले आफू घरबार विहीन भएको र हङकङको सडकमै जीवन गुजारा गरिरहेको बताएकी छिन्।

१८ वर्षीया समलिंगी एट्टाले आफ्नो गर्लफे्रन्ड एन्डी अटमसँगको छोटो भिडियो युट्युबमा राखेकी छिन् जहाँ दुवै जना पूलमुनि बसिरहेका छन्।

उनले आफ्नो होमोफोबिक अभिभावकले गर्दा नै आफ्नो यस्तो हालत भएको बताएकी छिन् जो समंलिगीप्रति नकारात्मक धारणा राख्छन्।‘हामी कहिले पुलमुनि रात काट्याँै त कहिले अस्पताल पुग्यौँ, समंलिगी सामुदायिक सेल्टरमा पनि गयौँ तर यस्तो हालत देख्दा पनि अभिभावकलाई हाम्रो मतलब छैन, एट्टा भन्छिन्।’

यो समाचारका बारेमा ज्याकीले अहिलेसम्म केही पनि प्रतिक्रिया जनाएका छैनन्।

एट्टाले यसअघि सन् २०१५ मा आफू ज्याकी च्यानकी छोरी भए पनि उनी बाबुको रुपमा आफ्नो जीवनमा नरहेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘उनी मेरो जीवनमा कहिल्यै थिएनन्, उनलाई म बुबाको रुपमा कहिल्यै लिने छैन।