सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल



मुम्बई । सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्म ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ।फिल्ममा सञ्जय दत्तको भुमिकामा अभिनेता रणवीर कपुरले अभिनय गरेका छन् ।

२९ जुनमा रिलिज हुने फिल्मको हालैै टिजर सार्वजनिक गरीएको छ । सार्वजनिक गरीएको टिजरमा सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल भएको दृश्य देखाइएको छ। फिल्ममा सलमान खानको भूमिका जिम सरभले निभाएका छन्।

बहुप्रतिक्षित बनेको यस फिल्मको हालै प्रदर्शनमा आएको टिजरले दर्शकहरु झन् बढी चासोका साथ फिल्म हेर्न उत्सुक रहेका छन्। उनीहरुमा सञ्जय दत्तले आफ्ना सबैभन्दा नजिकका साथी सलमान खानलाई थप्पड किन हाने भन्ने प्रश्न समेत उठेको छ।

भारतीय सञ्चारमाध्यम अनुसार जब सञ्जय दत्तले आफ्नो पाँच वर्षे लामो जेल जिवन ब्यतीत गरेर फर्के त्यसपछि सलमानको नजिक रहेकी म्यानेजर रेशमा शेट्टीलाई सञ्जयको असीस्टेन्ट बनाउन आग्रह गरे र सञ्जयले रेश्मालाई राखे । रेश्माको नियुक्ती पछि अचानक निर्देशकहरुबाट फिल्मको अफर आउन छाड्यो । कारण रेश्माले अनाबश्यक सञ्जयको भाउ बढाएर आफैं कुरा गर्न थालिन् जव सञ्जयले यो सव थाहा पाए उनले रेश्मालाई कामबाट निकालीदिए जसको कारण सञ्जय र सलमान बिच खटपट शुरु भयो ।

यो क्रम चलिरहँदा एक पार्टीमा दुबैको जम्काभेट भयो र त्यहाँ हात हालाहालको अवस्था सिर्जना भयो। २९ जुनमा रिलिज हुँदै गरेको फिल्म ‘सञ्जु’ले वास्तवीक घटना के थियो प्रस्ट्याउने नै छ ।

‘सञ्जु’मा रणवीरका अलावा मनीषा कोइराला, परेश रावल, सोनम कपूर, करिश्मा तन्ना र दिया मिर्जाको मुख्य अभिनय रहेको छ।