फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल !



जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ ।

इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।

विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन्। उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए।

“उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भने।

उनले भने, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छौं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।”

कारबाहीमा पर्नु भएका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन्। रासस