युवाहरुको प्रशंसनीय कार्य - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

युवाहरुको प्रशंसनीय कार्य



घनश्याम पौडेल

मसुरिया,कैलाली । गौरिगङ्गा गरपालिका वडा नं ९ का युवाहरुले ५ जना विद्यार्थी विद्यालय भर्ना गरेका छन् । मसुरिया फुटबल एकेडेमीमा आवद्ध युवाको सक्रियतामा आज एक कार्यक्रमका बीच ५ जना जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई महादेव मा.वि.मा भर्ना गर्नुका साथै विद्यालय पोसाक, कापी,कलम र झोला प्रदान गरिएको थियो ।

रबिना बास्तोला, दिपेन्द्र चौधरी, इन्द्रा नेपाली, गंगा वि.क. र करिष्मा चौधरी लाई एकेडेमीका अध्यक्ष ध्वज बहादुर खातीले विद्यालय भर्ना गर्नु भएको हो ।

मसुरिया फुटबल एकेडेमीले युवाहरुलाई फुटबल खेलको माध्यमबाट कुलत लागुपदार्थ दुवेसन टाढा राखेर समाज रुपान्तरणको पक्षमा वकालत गर्ने एकेडेमीका संचालक मिलन ओलीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक खडक बहादुर मन्निको सभापतित्वमा भएको कार्यक्रममा
वडा नं ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले प्रमुख आतिथिको आशन बोल्नु हुदै विद्यालय बाहिर रहेका बालबालिकाहरु शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितता गर्नु स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको भन्दै युवाहरुले विपन्न परिवारका बालबालिकालाई विद्यालय भर्ना गरेर प्रशंसनीय कार्य गरेको बताउनु भएको थियो ।
सो अवसरमा विद्यार्थी भर्ना सम्बन्धी सुचना तथा परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको छ ।