सुदुरपश्चिमेली नेपाली समाज भारतको अध्यक्षमा मल्ल निर्वाचित - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सुदुरपश्चिमेली नेपाली समाज भारतको अध्यक्षमा मल्ल निर्वाचित



गोविन्द बीसी / धनगढी ।

सुदुरपश्चिमेली नेपाली समाज भारतको पहिलो अधिवेसनबाट अध्यक्षमा दिपकप्रकाश मल्ल निर्वाचित हुनुभएको छ । बुधबार देखि धनगढीमा सुरु भएको अधिवेशनबाट मल्ल सर्बसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

यस्तै सुदुरपश्चिमेली नेपाली समाज भारतको वरिष्ठ उपाध्यक्षमा कटक बहादुर बिष्ट, उपाध्यक्ष (प्रथम) खगेन्द्र बजगाइ, उपाध्यक्ष (दितीय) सन्तोष भट्ट, महासचिवमा मोहनवीर साउद, टंकराज खड्का कोषाध्यक्षमा महाबीर भट्ट, सह-कोषाध्यक्षमा बासुदेव जोशी चयन हुनुभएको छ ।

३५ जनाको कमिटी रहने सुदूरपश्चिमेली नेपाली समाजमा अन्य २७ जना सदस्य रहेको नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरिएको छ । यसैगरी अन्य ५ वटा बिभागीय नेतृत्व समेत सर्बसहमतिबाट चयन गरिएको प्रचारप्रसार संयोजक सिद्ध ढुङ्गानाले जानकारी दिनु भएको छ । जसको महिला बिभाग संयोजकमा बिष्णा थापा, कला संस्कृति बिभाग संयोजकमा सन्तोष धमाला, खेलकुद तथा शिक्षा बिभाग संयोजकमा मदन नाथ, सूचना तथा सञ्चार बिभाग संयोजकमा सिद्ध ढुङ्गाना, नेपाल भारत समन्वय समिति संयोजकमा दिपक खड्का चयन हुनुभएको छ ।

अधिवेसनको बुधबार एक कार्यक्रमका बीच प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्नुभएको थियो । निर्वाचित भएपछि संक्षिप्त कुरा गर्दै अध्यक्ष दिपकप्रकाश मल्लले प्रवासी नेपालीहरुको समस्या समाधानका लागि प्रत्यक्ष रूपमा दूतावासबाट सरकारलाई अवगत गराउने बताउनु भएको छ । उहाले सुदूरपश्चिमेली नेपाली समाजबाट सधैं बिदेशिने नेपालीको समस्याको अन्त्य गरि नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रदेश सरकारसंग समन्वयात्मक भूमिका खेल्ने बताउनुभयो । वर्षेनी बिदेशिएका प्रवासी नेपालीले भोग्नुपरेका समस्या र समाधानका लागि सबै संघसंस्था, निकायसंग हातेमालो गरि काम गर्ने उहाले बताउनु भएको छ । अधिवेसनमा भारतका विभिन्न शहरमा रोजागरी गर्ने सुदुरपश्चिमेलीहरुको सहभागिता रहेको थियो ।