क्यान्सर रोगी विपन्न परिवारलाई परदेशीहरुको सहयोग - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

क्यान्सर रोगी विपन्न परिवारलाई परदेशीहरुको सहयोग



हरिप्रसाद भुसाल, कार्तिक १०, अर्घाखाँची

क्यान्सर रोगका कारण मृत्युको दोसाँधमा पुगेकी अर्घाखाँचीकी एक बालिकाको पविारलाई दैनीक उपभोग् सामग्री हस्तान्तरण गरिएको छ ।
मुखमा भएको अप्राकृतिक क्यान्सर रोग निको नहुने भएपछि समस्यामा रहेकी अर्घाखाँची जिल्लाको पाली निवासी अनिसा कुमालको लागि चामल, विस्तारा, लत्ताकपडा लगायतका सामग्री हिजो एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
सानो उमेरमै क्यान्सरको पिडित बनेकी यी वालिकाको उपचार सम्भव नभएपछि डाक्टरले ै फिर्ता पठाएका थिए । अत्यान्तै कमजोर पारिवारीक अवस्थाका कारण परदेशीएका अर्घाखाँचीबासीहरुबाट संकलित रकमबाट सामान खरिद गरि हस्तान्तरण गरिएको हो । खासगरी समाजसेवी एवं अग्रज पत्रकार सहयोगी विसीको सक्रियतामा संकलित सामग्री हिजो घरमा नै पुगेर हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा नयाँ एफ.एम.का स्टेशन म्यानेजर हरिप्रसाद भुसाल, समाजसेवी राजु खड्का, पत्रकार नविन के.सी. लगायतको उपस्थिती रहेको थियो ।