राजामौलीको फिल्ममा रामचरण र एनटिआर, बजेट ४ सय ८० करोड - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राजामौलीको फिल्ममा रामचरण र एनटिआर, बजेट ४ सय ८० करोड



साउथ ईन्डियन चलचित्र निर्देशक एसएस राजामौलीको आगामी फिल्मको चर्चाले यति बेला बलिउड नै तातेको छ ।हरेक चलचित्रलाई ब्लकबस्टर बनाउने राजामौली फरक स्वभावका निर्देशकमा गनिन्छन ।

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको आगामी फिल्मको बजेट करिब ४८० करोड हुने भएको छ।

सो फिल्मको नाम ‘आरआरआर’ तय गरिएको छ। फिल्ममा दुई ठुला सुपरस्टार रामचरण र एनटिआरको मुख्य भूमिका रहनेछ। फिल्मलाई निर्माता डिभिभि डान्याले निर्माण गर्नेछन्।