७ नं प्रदेशका प्रमुख प्रतिपक्ष दलहरु नेतृत्व विहीन - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

७ नं प्रदेशका प्रमुख प्रतिपक्ष दलहरु नेतृत्व विहीन



धनगढी ,कैलाली  । प्रदेश नम्बर– ७ मा सरकार गठन भएको दुई महिना वितिसक्दा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले अझैसम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन ।

संसदीय दलको नेताका लागि आकांक्षी धेरै भएपछि कांग्रेसले नेता छान्न सकेको छैन् । नेतृत्व चयन गर्न केन्द्रिय कमिटिले केन्द्रिय सदस्य एनपि साउद लाइ जिम्मेवारी दिएर जिल्ला पठाएका बेला भाडभैलो भएपछि नेतृत्व छनोट भएको थिएन । सरकार गठनको दुइ महिना बितिसक्दा पनि दलको नेता छनोट नभएपछि प्रमुख प्रतिपक्ष दल नै नेतृत्वविहीन बनेको हो ।

प्रदेश सरकारको काम कारबाहीमा समर्थन र बिरोध गर्ने भुमिका प्रतिपक्षी दल रहने भएपनि संसदीयको नेता छान्न नसक्दा कांग्रेस र राजपा अन्याैलमा छन् । प्रदेश सातमा १२ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसमा सबै सदस्यको दाबि दलको नेता बन्ने रहेको छ ।

अाकाँक्षीहरू मध्ये डोटिबाट निर्वाचित भरत खड्का, डडेल्धुराबाट निर्वाचित कर्ण मल्ल,कैलालीबाट निर्वाचित डा.रणबहादु्र रावल, डिल्लीराज पन्त शक्ति केन्द्र धाइरहेका छन् । सहमतीमा नेता छनोट हुने नदेखेपछि नेतृत्वले पनि चासो दिएको छैन ।

राजपावाट कृष्ण चौधरी र मालामती रानाले दुइ जनाको प्रदेश सभामा प्रतिनिधित्व छ तर आपसी रस्साकस्सीले दुइ जना बीच पनि सहमति हुन सकेको छैन । प्रतिपक्षी दलको नेतालार्इ ५९ हजार मासिक तलब, आवास र गाडीको सुविधा छ ।