दुर्घटनामा परि प्रदेश सभा सांसद तारा लामा तामाङ घाइते
धनगढी ,कैलाली । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । घाइते लामाको बायाँ खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लामालाई धनगढीको मेनरोड स्थीत नयाँबजारको बेल्सक्याफे नजिक से ४ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तामाङको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडाैं लैजाने तयारी गरिएको छ ।