शिक्षा नीति व्यवसायमुखी नहुदा बेरोजगारीको समस्या : मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

शिक्षा नीति व्यवसायमुखी नहुदा बेरोजगारीको समस्या : मुख्यमन्त्री भट्ट



धनगढी,कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको शिक्षा नीति व्यवसायमुखि नभएकै कारण बेरोजगारीको समस्या सुल्झन नसकेको बताउनु भएको छ ।

शुक्रबार कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै मूख्यमन्त्री भट्टले शिक्षा नीति व्यवसायमुखी नभएको बताउनु भएको हो ।

मुख्यमन्त्री भट्टले जागीर गर्नलाई मात्र पढ्नुपर्छ भन्ने मान्यता सही नभएको बताउनु भएको छ । शिक्षा नीति व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने मन्त्री भट्टले बताउनु भयो ।
साथै गरिव र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुचमा पुर्याउन प्रदेश सरकार लागि पर्ने मन्त्री भट्टले बताउनु भयो ।

प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिए पनि सही विधि र पद्धति स्थापित गर्न आफु अहोरात्र लागि पर्ने बताउनु भयो । साथै यस अभियानमा प्रदेशवासीको पनि पुर्ण सहयोग रहने विश्वास रहेको मुख्यमन्त्री भट्टले बताउनु भयो । प्रदेशका सबै तह र तप्का विद्यार्थीहरुको सहज पहुचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने उहाँले बताउनु भयो ।

यस्तै समारोहमा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सुदूरपश्चिम विश्व विद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको बताउनु भयो । टोलटोलमा क्याम्पस खोल्ने चलन ठिक नभएको बताउदै मन्त्री सोडारीले क्याम्पस मर्जको नीति ल्यायर व्यवस्थित क्याम्पस वनाउन सामाजिक विकास मन्त्रायल लागि परेको जानकारी दिनुभयो ।

२०७४ सालमा देशकै उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत समेत भएको यो क्याम्पसको ३८ औं वार्षिकोत्सव समारोहको समापन शत्रमा क्याम्पसमा लामो समय अध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान समेत गरेको छ । सामुदायिक क्याम्पसहरुमा कैलाली बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस मानिन्छ ।फाइल तस्वीर :