घोडाघोडीमा स्नातक अन्तिम बर्षका विद्यार्थीलाई विदाई - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

घोडाघोडीमा स्नातक अन्तिम बर्षका विद्यार्थीलाई विदाई



ललित जाग्री
सुुुखड , कैलाली । कैलालीको मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका  १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा स्नातक अन्तिम बर्षका विद्यार्थीहरुको विदाई तथा नव बर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पसको सभा हलमा भएको स्नातक अन्तिम बर्षका विद्यार्थीहरुको विदाई तथा नव बर्ष २०७५ सालको शुभ कामना आदान प्रदान कार्यक्रममा सभापति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जीवन बि.सी., प्रमुख अतिथी घोडाघोडी नगरपालिका १ का वडाध्यक्ष मनराज शाही, विशिष्ट अतिथी क्याम्पस संचालन समितिका उपाध्यक्ष बालकृष्ण रिजाल, घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी, त्यस्तै अतिथीहरुमा सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी, सहायक क्याम्पस प्रमुख नारायण प्रसाद अम्मै, पुर्व क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराई, व्यवस्थापन संकाय प्रमुख छेमानन्द जोशी, अनुसन्धान विभाग प्रमुख पुष्पराज जैशी, +२ संयोजक चेतराज बिनाडी, प्रशासन प्रमुख चाँदनी आचार्य, प्रध्यापक बिनोद खड्का, रघुनाथ चौधरी, अनेरास्ववियु क्षेत्रिय अध्यक्ष मोहन ऐर, घोडाघोडी साहित्य मञ्चका अध्यक्ष कपिल सापकोटा लगायतका रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथीले ब्यानर पढेर उद्घाटन भएको कार्यक्रममा विदाई भएर जाने विद्यार्थीहरु लाई सम्झना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथी मनराज शाही, क्याम्पस प्रमुख दिनेश राज जोशी, प्रध्यापक बिनोद खड्का, त्यस्तै बिद्यार्थी पुरन बि.क., भगवती जोशी लगायतकाले मन्तब्य राख्नु भएको थियो भने स्ववियु सदस्य रञ्जु गुरागाँईको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन स्ववियु सचिव विष्णु बिष्टले गर्नु भएको थियो ।