वडा अध्यक्षलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

वडा अध्यक्षलाई ज्यान मार्ने धम्की



कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष बहादुरसिंह महरालाई ज्यान मार्ने धम्की आएको छ। महरालाई अपरीचित व्यक्तिले फोन मार्फत ज्यान मार्ने धम्की दिएको हो।

बारम्बार अपशव्द प्रयोग गर्दै तथानाम गाली गर्दै अपरिचित व्यक्तिले ९८०६४५९१६७ नम्बरबाट फोन गरेर गाली गरेको वडाध्यक्ष महराले जानकारी दिए । मंगलबार रातिदेखी बुधबार दिउँसो सम्म चारपटक फोन गरेर धम्की दिएको महराले बताए । फोनमा ज्यान मार्ने धम्की आउन थालेपछि ज्यानको सुरक्षाका लागि महराले ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएको बताए।

‘तीन जना चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई दुई नाल भरुवा बन्दुक र बन्दोबस्तीका सामान सहित दुई दिन अघि नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाईएपछि धम्की आउन शुरु भएको हो’ महराले भने। माओवादी केन्द्रबाट वडाध्यक्षमा जितेका महरा सामुदायिक वनका अध्यक्ष पनि हुन्।

वन संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला वन कार्यालयले महरालाई जिल्लाको उत्कृष्ट पुरस्कार पनि दिएको छ। उनी वन संरक्षणमा कडाइका साथ लागेका थिए। इप्रका झलारीका प्रहरी नायव निरीक्षक रवीन्द्र धनुषेले धम्की दिने व्यक्तिको खोजी भइरहेको बताए।