श्रृंखला बनिन मिस नेपाल २०१८ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

श्रृंखला बनिन मिस नेपाल २०१८



काठमाडौँ — मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् ।

 

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।