सार्वजनिक सुनुवाई सम्पन्न  - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सार्वजनिक सुनुवाई सम्पन्न 



लोक बहादुर देउवा
चुहा ,कैैैलाली।  कैलालीको लम्कीचुहा नगरपालीका वडा नं. ८ मलभङ्गामा सडक स्तरोन्नती उपभोत्ता समितीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्मपन्न भएको छ ।

समितीका अध्यक्ष शेर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती वडा नं. ८ का वडा अध्यक्ष पुर्ण बहादुर बिष्ट रहनुभएको थियो।

कार्यक्रको बिशीष्ट अथितीमा लम्की चुहा नगरपालीका स्वास्थ शाखाका सिनीएर अहेव अधिकृत नृप बहादुर बिष्ट रहनुभएको थियो । कार्यक्रममा लम्की चुहानगरपालीका अनुगमन समितीका संयोजक प्रवल रोकाया,वडा सदस्य जय प्रसाद देवकोटा,समाजसेवी बिश्वाकर उपाधयाय,बौनीया जेसीजका अध्यक्ष जनक बिष्ट ,नेकपा एमालेका भिम बिष्ट,नेपाली कांग्रेसका बल बहादुर बिष्ट तथा पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

युबा विद्यार्थी नेता ललीत देउवाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सुमन चलाउने गर्नु भएको  थियो। १ करोड ८१ लाख३३ हजार ४ सय २६ रुपैया बराबरको सडक स्तरोन्नती समितीको आय व्याय समितीका सचिव बम बहादुर बिष्टले प्रस्तुत गर्नु भएको थियो ।