नेपालको निषेधित क्षेत्रमा के गर्दैछन् भारतीय ३ पूर्वराजदूत ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेपालको निषेधित क्षेत्रमा के गर्दैछन् भारतीय ३ पूर्वराजदूत ?



काठमाडौं– नेपालका लागि राजदूत भएर काम गरिसकेका तीन पूर्व भारतीय कूटनीतिज्ञ एकैपटक डोल्पा भ्रमणमा निस्किएका छन्। सरकारबाट पर्यटकको अनुमति लिएर उनीहरु निषेधित क्षेत्रको भ्रमणमा जान लागेका हुन्।

नेपालका लागि पूर्व भारतीय राजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित राय मंगलबारदेखि डोल्पा भ्रमणमा गएका हुन्। उनीहरु सोमबार दिउँसो नेपाल आएका थिए। अध्यागमन विभागबाट उनीहरुले एक साताका लागि डोल्पा जान अनुमति लिएका छन्।

तिब्बतसँगको संवेदनशीलता तथा ‘भर्जिन’ क्षेत्र भएकाले डोल्पा लगायत अधिकांश हिमाली जिल्लालाई गृह मत्रालयले निषेधित क्षेत्रमा राखेर सरकारको अनुमति लिएर मात्र विदेशीलाई जान पाउने प्रावधान लागू गरेको छ। यद्दपि, अनुमति लिएर त्यहाँ गएका पर्यटकहरुमाथि नियमन गर्ने कुनै संयन्त्र भने सरकारसँग छैन।

त्यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का पूर्व महानिर्देशक कृष्णकुमार शर्मा पनि हाल नेपालमै छन्।