मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ



कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीलाई दुख दिने ६ जना दलाली र बिचौलिया पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नंम्वर ६ फिर्केस्थित मालपोत कार्यालय वरपर बसेर केही व्यक्तिहरुले कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो पारिदिन्छु भन्दै सेवाग्राहीलाई भ्रममा पारेर मोलमोलैया गरी पैसा दिएको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा २१ कृष्टि बस्ने २८ वर्षीय शिव गुरुङ, पोखरा १ बगर बस्ने ४५ वर्षीय देबेन्द्र तझ्या, स्यांङजा जिल्ला पुतलीबजार नगरपालिका ६ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने ४४ वर्षीय सहदेव सुवेदी, पोखरा २१ बेगनासताल बस्ने २४ वर्षीय मनोज तिवारी, जिल्ला तनहुँ भानु ८ घर भई हाल पोखरा ५ बस्ने २६ वर्षीय बिश्रुत ढकाल र पोखरा ६ बैदाम बस्ने २२ वर्षीया विष्णु कडेल रहेकी छिन् ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सेवाग्राहीलाई भ्रममा पारी दुख हैरानी दिईरहेको अबस्थामा नगद र काम काज गर्दै गरेका कागजपत्रसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई सोमबार म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ । साभार:नयाँ पत्रीका