बदलको माध्यमबाट आफ्नो प्रेम पिडा यसरी पोखिन गायिका एलिना खनाल (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

बदलको माध्यमबाट आफ्नो प्रेम पिडा यसरी पोखिन गायिका एलिना खनाल (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत साङगितिको बजारमा दिनहुँ जस्तै नयाँ नयाँ लोक दोहोरी गीतहरू सार्वजनिक हुने क्रममा हाल्लै मात्र “बादल” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

पछिल्लो समय आफूलाई लोक दोहोरीमा मात्र नभएर नेपाली सिरियल जगतको चर्चित सरियल “मेरी बास्सै” बाट आफ्नो अभिनयको माध्यमले धेरै दर्शक श्रोताहरू कमाएकी गायिका एलिना खनालको स्वरमा रहेको “बादल” गीतमा गायक विनय बोहरा ले उनलाई साथ दिएका छन् ।

गीतमा राज राईन घर्तीमागरको शब्दमा यमराज विष्टले सङ्गीत भरेका छन् भने गीतको भिडियो निर्देशन एकेन्द्र सराले गरेका छन् भने छायाङ्कन हरिश महरा र सम्पादन अंमर शाक्य को रहेको छ ।

प्रेम बियोगमा हुनेहरुको कथालाई गीतको भिडियोको माध्यमबाट प्रस्तुत गरिएको भिडियोमा सुजन कोइराला र सृजना रेश्मी मगरको अभिनय रहेको छ । गीतलाई योग्सना डिजिटलले बजारमा ल्याएको हो ।