बाघको आक्रमणबाट एक जना गम्भीर घाइते - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते



चितवन । भरतपुर महानगरपालिका–११ टाइगर तालमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

आइतबार दिउँसो ३ः३० बजेको समयमा बाघले आक्रमण गरेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ।

भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। माछा मार्ने क्रममा भुजेललाई बाघले आक्रमण गरेको हो। टाइगर ताल मानवबस्ती नजिकै सामुदायिक वनमा पर्छ।रासस / फाइल तस्वीर :