प्रदेश ७ : तरुण दलले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रदेश ७ : तरुण दलले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने



धनगढी ,कैलाली । प्रदेश नम्बर ७ को  नेपाल तरुण दलले वैशाख १२ र १३ गते डडेल्धुरामा प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

तरुण दल कैलाली जिल्ला अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा शनिबार बसेको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो।

प्रशिक्षण कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका पदाधिकारी, एक/ एक महिला तथा पुरुष केन्द्रीय पार्षद, क्षेत्रीय तथा नगर सभापति, दलका कार्यकर्ताहरुको सहभागिता रहने छ। कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग वस्नेत लगायत प्रशिक्षण विभागका प्रमुख एंव प्रतिनिधीहरुको उपस्थिती रहने जनाईएको छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको भावनालाई उजागर गर्ने, आगामी पाँच वर्षमा नेपाली काङ्ग्रेसलाई वलियो पार्टी बनाउन कस्ता कार्यक्रम गर्ने तथा संगठन विस्तार लगायतका क्रियाकलाप गर्न सो कार्यक्रमको आयोजना गरिन लागेको कैलाली जिल्ला अध्यक्ष वमले जानकारी दिए ।