सलमान खान दुई दिनमै रिहा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सलमान खान दुई दिनमै रिहा



जोधपुर । कालो हिरण मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएको छन् ।

अदालतले पाँच वर्ष कैद फैसला गरेपछि उनका कानून व्यवसायीले गरेको अपीलमा शनिवार अन्तिम सुनुवाई गर्दै जोधपुर सेशन कोर्टले वकिलहरको बहसपछि जमानतमा रिहा गर्ने फैसला गरेको हो ।

सो मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशको सरुवासँगै सलमानलाई अठ्यारोमा पार्न सक्ने अनुमान गरिएको थियो। तर न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार फैसला सुनाउँदै सलमानलाई भारु ५० हजार धरौटीमा जमानत दिएका हुन्।

गत बिहीबार जोधपुरको सिजेएम अदालतले सलमान खानलाई २० वर्ष पहिले कृष्णसार सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो।