बिच भुरुवालाई बिद्युतीय ट्रान्समिटर दिने नगर प्रमुख बजगाईंको प्रतिबद्धता - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

बिच भुरुवालाई बिद्युतीय ट्रान्समिटर दिने नगर प्रमुख बजगाईंको प्रतिबद्धता



मंगल बास्कोटे
लम्की ,कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ भरुवामा रहेको बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थामा ग्रहकहरुको संख्या बढी भई बारम्बार ट्रान्समिटरमा खराबी आउने र उपभोक्तहरुले सास्ती भोग्नु पर्ने झन्झट हट्ने भएको छ ।

आज बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभामा प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख महादेब बजाईले बिद्युत सहकारी संस्थालाई आगामि श्रावन महिना भित्र बिद्युतीय ट्रान्समिटर नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धा ब्यक्त गर्नु भएको छ ।

नगरपालिका भित्र बिकास गर्दा धेरै नै रुखहरुको काटिएको हुदा अब नगरपालिकालाई नै हरित नगरपालिका बनाउनको लागी प्रत्येक ठाउँमा नगरपालिकाले आय मुलक रुखका बुटाहरु उपलब्ध गराउने बताउनु भएको थियो । नगरपालिकाले किसानहरुलाई लक्षित गर्दै कृषि क्षेत्रलाई बिषेश जोड दिएको समेत बताउनु भएको थियो ।

कार्यक्रमका सभापति बिच भरुवा ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष बसन्त जैसिले बिद्युत सहकारी संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । जैसिले संस्थागत बिकासका लागी सधारण सभामा बिभिन्न ८ वटा प्रस्ताबहरुलाई लागु गरि बिच भरुवालाई यस क्षेत्रको नमुना बिद्युत सहकारीका रुपमा चिनाउने प्रतिबद्धा गर्नु भएको थियो । ३ वटा बैठकमा बिना जानकारी अनुपस्थित सदस्यलाई खारेज गरि नया पदपुर्ति गर्ने,बिद्युत महसुल निर्धारण गर्ने,शौचालय निर्माण नगर्ने ग्राहकहरुको लाईन काट्ने,बालबालिकालाई विद्यालय  नपठाउने ग्राहकको लाईन काट्ने,कृषी कार्यक्रमलाई जोड दिने लगाएकात ८ वटा बुदाहरुलाई लागु गर्ने जानकारी दिनु भएको थियो ।

कार्यक्रममा २०७४÷७५ को ३३ लाख ६७ हजार ८ सय ६९ बराबरको आयब्यय प्रतु गरिएको थियो । वडा नं.१ का वडा अध्यक्ष जनक बम बिशिष्ट अथिति रहनु भएको कार्यक्रममा वडा ४ वडाअध्यक्ष लाल बहादुर बोगटी,वडा नं.१ का वडा सदस्य चन्द्र बि.क,लाली गुरास ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष महेन्द्र खत्रि,बालकल्याण मा.बि भरुवाका अध्यक्ष रतन सुनार लगाएतका अथितिहरु रहनु भएको थियो ।