१५ एम्बुलेन्स कारबाहीमा
धादिङ । एम्बुलेन्स सञ्चालन मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएका १५ एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइएको छ ।
एम्बुलेन्स दर्ता नगरी ग्रामीण भेगका बिरामीसँग चर्को भाडा असुल्ने तथा आफूखुसी बिरामीलाई राजधानीका अस्पतालमा लैजाने गरेको उजुरीको आधारमा सञ्चालनमा रोक लगाइएको हो ।
‘१५ वटाले कुनै पनि कागजपत्र पेस नगरी जानकारीबेगर सञ्चालन गरेको पाइएकाले रोक लगाउन प्रहरीलाई पत्राचार गरेका हौं,’ सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले भने । राजमार्गमा हुने दुर्घटनालाई लक्षित गरी सञ्चालित एम्बुलेन्सहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।, कान्तिपुरमा खबर छ ।