सलमानको मुद्दा फैसला अाज, जेल जालान त सलमान ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सलमानको मुद्दा फैसला अाज, जेल जालान त सलमान ?



मुम्बई (एजेन्सी)– बलिउडका सुपरस्टार सलमान खानले कालो हरिणको सिकार गरेको १९ वर्ष पुरानो मुद्दा खेपिरहेका छन्। यो मुद्दाको बिहीबार फैसला हुँदै छ। यसका लागि सलमान जोधपुर पुगेका छन्। जोधपुर विमानस्थलमा कडा सुरक्षाबीच देखिएका सलमानसँगै उनका अंगरक्षक शेरा पनि थिए।

 जोधपुर जाने क्रममा सलमानलाई मुम्बईको कलिना विमानस्थलमा दुवै बहिनी अलविरा र अर्पिता, अभिनेता आफताब शिवदासानी लगायतले बिदा गरेका थिए ।

बिहीबार अदालतले सलमानलाई जेल हुने वा सफाइ दिने भन्ने फैसला सुनाउनेछ। हरिणको सिकार गरेको अभियोगमा सलमानसँगै सैफ अली खान र अन्य कलाकार समेत आरोपित छन्। फैसलाका क्रममा सबै आरोपितलाई अदालतमा उपस्थित हुन निर्देशन जारी गरिएको छ।

आरोपित सबै कलाकार जोधपुर पुगेका छन्। सलमानका साथै सैफ, तब्बू, सोनाली बेन्द्रे पनि यस मुद्दाका आरोपित छन्। उनीहरुमाथि हरिणको सिकारका लागि उक्साएको आरोप लगाइएको छ। सिजिएम कोर्ट (जोधपुर ग्रामीण) ले दुवै पक्षको बयान सुनिसकेपछि अब फैसला सुनाउन लागेको हो ।