नेपाल कपडा तथा सिलाई व्यवसाय संघको शाखा गठन - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

नेपाल कपडा तथा सिलाई व्यवसाय संघको शाखा गठन



बिरेन्द्र शाह
सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल कपडा तथा सिलाई व्यवसाय संघको शाखा गठन गरीएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवासाय संघ जिल्ला कार्य समिति कैलालीको आयोजनामा १३ सदस्यीय शाखा सुखडमा गठन गरीएको हो । अध्यक्षमा मोहन कुमार नेपाली, उपाध्यक्षमा कमल चौधरी, सचिबमा ओम प्रसाद सुबेदी, कोषाध्यक्षमा आसा चौधरी र सह सचिबमा प्रेम लाल सद्गौवा रहनु भएको छ ।

त्यसै सदस्यमा क्रमशः गंगा भट्ट, गोमा चौधरी, कलिम अहमद, मिन बहादुर दमाई, सलिना भण्डारा, प्रेम नेपाली, बल बहादुर चौधरी र रुपा चौधरी चयन भएका छन । टेलर्स व्यवसायीहरु छरीएर नभई एक जुट हुन पर्छ भन्ने उदेश्यले सुखडमा शाखा गठन गरेको अध्यक्ष मोहन कुमार नेपालीले बताउनु भयो ।

कार्यक्रम राष्टिय उच्च मा.बि सुखडको प्राङ्गणमा भएको थियो । नेपाल कपडा तथा सिलाई व्यवसाय संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष मीन बहादुर दमाईको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब अर्जुन सिंह धामीले गर्नु भएको थियो ।