हिमवन्ती नेपालको प्रथम जिल्ला अधिवेसन सम्पन्न, अध्यक्षमा लक्ष्मी के.सि चयन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

हिमवन्ती नेपालको प्रथम जिल्ला अधिवेसन सम्पन्न, अध्यक्षमा लक्ष्मी के.सि चयन



मंगल बास्कोटे
लम्की,कैैैलाली । “सशक्ति हिमवन्ती प्राकृतिक दिगो ब्यवस्थापन र ग्रामिण महिला समुन्नति” भन्ने मुल नाराका साथ हिमालय ग्रामिण प्राकृतिक स्रोत ब्यवस्थापन महिला समुह(हिमवन्ती ) नेपालको प्रथम जिल्ला अधिवेसन कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ लम्कीमा सम्पन्न भएको छ ।

हिमवन्तिका अध्यक्ष लक्ष्मी के.शिको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथिति लम्की चुहा नगरपालिका उप प्रमुख टिका थापा रहनु भएको थियो । बिशिष्ट अथितिमा लम्की चुहा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जनक बहादुर बम रहनु भएको थियो । अथितिका बाफर नेपालका अध्यक्ष उजिर सिह सुनार,सचिब कर्ण रावल लगाएतका रहनु भएको थियो ।

आज नै लक्ष्मी के.सी को अध्यक्षमा नया कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा जयन्ती शर्मा,महा सचिबमा बिष्णा चौधरी,कोषध्यक्ष भिममाया तामाङ,सह सचिबमा मनिसा साउँद, रहनु भएको छ । यस्तै सदस्यमा बेचैनी चौधरी,शान्ति खड्का,बिमला नाथ,मनिसा चौधरी,चन्द्र बि.क र अनिला चौधरी रहनु भएको छ ।

हिमवन्तीले बिशुद्ध रुपमा ग्रामिण क्षेत्रका प्राकृतिक स्रोत साधन संग आबद्ध महिलाहरुको आय स्तर संगै समतामा पहँचका लागी काम गर्ने अध्यक्ष्ँ लक्ष्मी के.सीले बताउनु भएको थियो ।