बिना मगरलाई गृहजिल्लामा २१ किलोको माला !
बेलौरी ,कञ्चनपुर । गृहजिल्ला कञ्चनपुर भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोको फूलको मालाले स्वागत गरेको छ । नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको हो ।
नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएाक हुन् ।
स्थानीय मतदाताकै समर्थनले सिहदरवारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताउनुभयो । २१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ,’ मन्त्री मगरले भनिन् ।
नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ ।
नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएका छन् ।