धुर्मुस सुन्तलीलाई सरकारले सहयोग गर्ने - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

धुर्मुस सुन्तलीलाई सरकारले सहयोग गर्ने



काठमाडौं । क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

 

प्रधानमन्त्री ओलीले धुर्मुस-सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार तपाईहरुको साथमा छ भन्नु भएको छ, धुर्मुसले अनलाइनखबरसँग भने ।

भेटमा प्रधानमन्त्रीले ‘नमुना नेपाल’ निर्माण अभियानबारे समेत चासो राखेका थिए । जवाफमा धुर्मुस-सुन्तलीले रंगशाला निर्माणका लागि दबाव आएको र त्यसअनुसार अघि बढ्न चाहेको बताए ।

धुर्मुसका अनुसार प्रधानमन्त्री ओलीले सरकारी निकायहरुसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

धुर्मुसले बिहीबार अब क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका थिए, जसलाई नेपाली टोलीका कप्तान पारस खड्काले स्वागत गरेका छन् ।

कहाँ रंगशाला बनाउने भन्ने तय भएको छैन । यसबारे निर्णय भएपछि जग्गाका लागि सरकार लगायतसँग छलफल गर्ने उनको योजना छ ।