दशैंमा घर जाने यात्रुको लागि बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

दशैंमा घर जाने यात्रुको लागि बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने



१९ असोज, काठमाडौं ।  दशैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् ।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् ।

यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैँ बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार शुक्रबार र शनिबार दैनिक ती यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।