ओलीले भारतमा बलिउड कलाकारलाई भेट्ने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

ओलीले भारतमा बलिउड कलाकारलाई भेट्ने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ देखि हुने भारतको राजकीय भ्रमणका क्रममा भारतीय चलचित्र क्षेत्रका हस्तीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

शुक्रबार आर्मी अफिसर क्लब काठमाडौंमा आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा बोल्दै ओलीले २४ गतेको साँझ भारतीय कलाकारहरुसँगको भेटघाटका लागि समय तालिका छुट्याइसकेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपाली र भारतीय सिनेमामा रहेको दूरी घटाउँदै दुई देशबीच चलचित्र विकासको सहयात्राका लागि केही नेपाली कलाकारसमेत आफ्नो भ्रमणमा लिएर जाने बताए। भ्रमणमा को-को कलाकार लैजाने भन्नेबारे निणर्य भने भइनसकेको प्रधानमन्त्री ओलीको जनाए।