अब देखि सुपा देउरालीको दैनिक एसी बस दिल्ली-नारायणघाट - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

अब देखि सुपा देउरालीको दैनिक एसी बस दिल्ली-नारायणघाट



अर्जुन खनाल /नया दिल्ली

करिब १५ बर्ष देखि भारतको राजधानी दिल्ली -बुटवल र दिल्ली-अर्घाखाँची बस संचालन गर्दै आएको सुपा देउराली टुर एण्ड ट्रावल्सले यात्रुहरुको ध्यानलाई मध्यनजर गर्दै दैनिक एसी बस आजबाट संचालनमा ल्याएको छ ।

दिल्लीको लास्पतनगरबाट महेन्द्रनगर ,बुटवल हुदै नारायणघाट जाने कुरा समितिका पधाधिकारिले बताए ।उनले थप्दै भने “दसैको भिडभाडलाई मध्यनजर गर्दै अन्य गाडीहरु पनि थप गरेको बताए”।साथै रात्रि सेवा दिल्ली देखि नेपालगंज सम्मको लागि बेलुका करिब ५ बजे देखि ६ बजेसम्म जाने बेहोरा पनि  जनाकारी गराएका थिए ।20161004_083310

आज बिहान एसी बसको उद्घाटन गर्दै ट्रावल्सका सस्थापक कृष्ण पौडेल र बरिष्ठ उपाध्यक्ष्य दिल खत्रीले यात्रुहरुले सुबिधा खोजेको र हामीले सकेसम्म सुबिधा दिने कोशिश मात्रै  गरेको  संयुक्त रुपमा  बताए  ।