डोके बजार देवकलिया सडक खण्ड धुलाम्य बन्दै - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

डोके बजार देवकलिया सडक खण्ड धुलाम्य बन्दै



ललित जाग्री 
घो.न.पा-५  ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -५ भित्र रहेको डोके बजार देखि देवकलिया सम्मको ग्रामिण सडक खण्ड धुलाम्य हुन थाले पछि स्थानीय बासिन्दा हैरान भएका छन । घोडाघोडी नगरपालिका वडा नम्बर ५ को डोके बजार देवकलिया सडक खण्डमा चल्ने गाडीले दैनिक धुलो उडाउने गरे पछि जनजीवन प्रभावित भएको भन्दै स्थानीय बासिन्दा हैरान भएका छन । सडकमा गुड्ने गाडीले उडाएको धुलोले बिरामी पर्न थालेको स्थानियहरुले बताएका  छन् ।

उक्त सडकमा बढी जसो अटो रिक्सा, टयाक्टर, बस र टिप्पर तिब्र गतिमा गुडने भएकाले दिनानुदिन सडक धुलाम्य बन्दै गएको छ । गर्मीयाम सुरु भए संगै दिउँसो र साँझपख हावा चल्ने र सडकमा सवारी गुड्दा उड्ने धुलोले स्थानीय हैरान भएका छन । स्थानिय बासिन्दाहरु आफ्नो घर अगाडी पानी छर्केर सफा गर्दा पनि धुलोले सताउन नछोडेको स्थानीय बासिन्दाहरुको भनाई छ ।

सगै काम सुरु भएको अन्य ठाँउका सडक  लाई ग्राबेल गरी सकेको र देवकलियामा भने सडक ग्राबेल गर्न तिर खासै ध्यान नदिएको स्थानियहरुको भनाई रहेको छ । उता उक्त सडकको लाई ग्राबेल गराउने जिम्मा लिएका राधेश्याम चौधरीले भने छिट्टै नै ग्राबेल गराउने दाबी गर्दै आउनु भएको छ ।