घोडाघोडी नगरपालिका -४ रामशिखरझालामा ल्याब सेवा सञ्चालन - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

घोडाघोडी नगरपालिका -४ रामशिखरझालामा ल्याब सेवा सञ्चालन



हिमाल पोस्ट
सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – ४ रामशिखरझाला स्वास्थचौकीमा सोमबारदेखि ल्याब सेवा सञ्चालनमा आएको छ ।

सोमबार एक औपचारीक कार्यक्रमका विच  कैलालीको घोडाघोडी नगरपालिका- ४ का  वडा अध्यक्ष टेक बहादुर बुढाले उद्घाटन गर्नु भएको हो ।

उद्घाटनका अवसरमा सर्वप्रथम सोही क्षेत्रका स्थानिय  धर्म बहादुर  सिंहको ब्लड टेस्ट समेत गरिएको थियो । कार्यक्रममा कैलालीको घोडाघोडी नगरपालिका – ४ का  वडा अध्यक्ष बुढाले यस क्षेत्रका विरामी उपचारका लागि अन्यत्र जानु पर्ने  बाध्यताको अन्त्यका लागी  ल्याब सेवा  प्रभावकारी हुने बताउनु भयो । साथै सो क्षेत्रको विकासी गतिविधीमा आफु  हरपल रहिरहने बताउदै, ल्याब सेवा बारे आम जनमानसमा सन्देश   प्रबाहका लागि  सबैले आ–आफ्नो  स्थानबाट  लाग्नु पर्ने समेत उहाले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा रामशिखरझाला  स्वास्थ्य चौकी  इन्चार्ज  बसन्त  चौधरीले स्थानिय स्तरका विरामीका लागी ल्याप टेस्ट  मार्फत सही रोग पत्ता लगाइ उपचार  थप प्रभावकारी  बन्नेमा आफु विस्वस्त रहेको बताउदै ल्याप टेस्टका लागी  उक्त क्षेत्रमा रहेका  विजुली  समस्यालार्ई  समेत मध्यनजर गर्न सम्बन्धीत  व्यक्तिलाई आग्रह गर्नुभएको थियो ।

घोडाघोडी नगरपालिका – ४ का वडा अध्यक्ष टेक बहादुर बुढा , स्वास्थ्य चौकी इन्चार्ज  वसन्त चौधरी , स्वास्थ्य व्यवस्थापन समिति सदस्य  राम दत्त अवस्थी  ,समाजसेवी  बम बहादुर सिंह ,धर्म ब. सिंह लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन रामशिखरझाला स्वास्थ चौकी अहेव  ज्ञानु महतराले गर्नु भएको थियो ।