अबदेखी कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध, चलाएको पाइएमा कारवाही - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

अबदेखी कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध, चलाएको पाइएमा कारवाही



जाजरकोट । भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिनुभयो । सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।रासस