‘शत्रु गते’ प्रदर्शन नहुँदै हाउसफुल - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

‘शत्रु गते’ प्रदर्शन नहुँदै हाउसफुल



काठमाडौं –चलचित्र निर्माण फरिने घोषणा गरे देखिनै हिट बनेको फिल्म ‘शत्रु गते’ यहि शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । प्रदर्शनमा आउनु अघि नै काठमाडौंका सिनेमा घरमा यसको टिकट बुकिङ सकिएको बताइएको छ ।

निर्माण पक्ष, कलाकार र बिषयबस्तुको कारण यो चलचित्र हेर्न दर्शकले निकै नै चासो देखाएका बुझिएको छ ।प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो। प्रस्तुतकर्ता किरण केसी रहेको चलचित्रमा हरिवंश आचार्यको कथा छ ।

चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, बसुन्धरा भुसाल, पल शाह, आँचल शर्मासहितका प्रतिष्ठित कलाकारले अभिनय गरेका छन् ।