आजबाट एसइई परिक्षा सुरु, प्रदेश ७ बाट ५४ हजार ९ सय २८ विद्यार्थी सहभागी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आजबाट एसइई परिक्षा सुरु, प्रदेश ७ बाट ५४ हजार ९ सय २८ विद्यार्थी सहभागी



हिमाल पोस्ट / कैलाली ।
आज बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा एकैसाथ सुरु भएको एसईई परिक्षाको लागि  प्रदेश नं ७ मा ५४ हजार ९ सय २८ जना विद्यार्थी परिक्षामा सहभागी हुने सुदुरपस्चिम क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जानकारी दिएको छ ।

नियमित तर्फ ५० हजार २ सय २१ , प्राविधिक तर्फ ९ सय २१ र आशिंक तर्फ ३ हजार ७ सय ८६ जना विद्यार्थी रहेका छ्न ।

सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ हजार ९ सय ६२ जना र सबैभन्दा कम डडेल्धुरा जिल्लाबाट २ हजार ७ सय २४ जना एसइई  परिक्षामा सहभागी हुने शिक्षा निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै परिक्षाको अनुगमन गर्नका लागि क्षेत्रीय निर्देशनालयले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रयोग गर्दै आएको हुनाले यातायात को उचित ब्यवस्था नहुदा अनुगमनमा  भने केही समस्या हुनसक्ने क्षेत्रीय निर्देशक मानसिंह बिस्टले बताउनु भयो ।

यस वर्षको परीक्षामा ४  लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर गरी १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रति केन्द्र एक जना केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएको परिक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।