बोक्सीको आरोपमा कुटिएकी राधालाई सांसदको सहयोग - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

बोक्सीको आरोपमा कुटिएकी राधालाई सांसदको सहयोग



धनगढी ,कैलाली  । बोक्सी आरोपमा निर्घात कुटिएकी कैलाली घोडाघोडी नगरपालिका- ५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।

धनगढीमा मंगलवार पत्रकार सम्मेलन गरी प्रदेश सांसद चुनकुमारी चौधरी सहित ४ जनाले ३६ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले सांसद चौधरीमार्फत सहयोग गरेका हुन् ।

सांसद चौधरीले पीडित राधाको शिक्षा, स्वास्थ्यमा सहयोगको उदेश्यले सहयोग रकम हस्तान्तरण गरेको बताइन् । ‘अब राधा चौधरी मात्रै नभएर अब विश्वकै अभियान्ताको रुप्मा राधा चौधरीले काम गर्नुपर्छ, विश्वबाटै महिला हिंसा अन्त्यको अभियानमा लाग्नु पर्छ’, उनले भनिन् । त्यस्तै उनले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिइन् । अभियानमार्फत सबैखाले हिंसा न्यूनीकरणको लागि वकालत गर्ने, पीडितको परिपुरणको लागि पहल गर्ने तथा सरकारलाई दबाब दिने सांसद चौधरीले बताइन् ।

यसैबीच पत्रकार सम्मेलनमा राधा चौधरीले आफू गाउँ फर्किन चाहेको बताइन् । स्वास्थ्य अवस्था समान्य हुँदै गइरहेको बताउँदै उनले ढाड र आँखामा केही समस्या अझै देखिएको जनाइन् । साथै उनले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसंग आग्रह गरिन् । फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवशका दिन गाउँकै तान्त्रिक भोले बाबा उर्फ रामबहादुर चौधरी र उनका सहयोगीद्वय स्मारिका चौधरी, किस्मती चौधरीलगायत बोक्सी आरोपमा राधालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटमा संलग्नविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दायर गरिएको छ ।स्थानिय मिडियाको सहयोगमा