नमुना नगरपालिका बनाउने अभियानमा पुनर्वासका दुई वडाध्यक्ष, नगरपालिका र सिंगो समाजलाई फाइदै फाईदा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नमुना नगरपालिका बनाउने अभियानमा पुनर्वासका दुई वडाध्यक्ष, नगरपालिका र सिंगो समाजलाई फाइदै फाईदा



धनबहादुर बिक

पुनर्वास, कञ्चनपुर । पुनर्वास नगरपालिकालाई नमुना नगरपालिका बनाउने उदेश्य सहित नगरपालिकाका दुई वडाध्यक्षहरुले नमुनाअभियान चालेका छन । वडाध्यक्षहरुले नेपाली समाजमा देखिने विकृति र विसंङ्गतिलाई निरूत्साहित गर्न सक्रियता देखाएका छन ।

एकमहिनाअघि वडा नम्बर ९ का वडाध्यक्ष नारायण जैशीको अगुवाइमा घरेलुमदिरा बिक्रीवितरण तथा जथाभावी शेवन गर्न नपाईने, विवाह पार्टीमा ध्वनि प्रदुषण हुनेगरि साउण्ड सिस्टम उच्च अावाजमा बजाउन नपाईने लगायतका नियमहरु आफ्नो वडामा प्रस्ताव गरेपछि वडावासीहरूले उक्त प्रस्तावको स्वागत गर्दै स्थानीय कर्ण बहादुर ऐरीको अध्यक्षतामा १५ सदस्यीय मदिरा नियन्त्रण समिति गठन गरिएको थियोभने बितेको एक महिनायता सुचना पछिपनि घरेलु मदिरा बनाई बिक्री गर्ने एक जनालाई १५ सय सहित दसजना मदिरा शेवन गरि होहल्ला गर्नेलाई जनही एक हजारका दरले जरिवाना गरिएको वडा अध्यक्ष जैसिले बताए । यस्तै ३ जना उच्च साउण्ड सिस्टम बजाउने लाइ पनि एक एक हजार जरिवाना गरिएको अनुगमन समितिका अध्यक्ष ऐरीले बताए ।

वडाध्यक्ष जैशीको अगुवाइमा कर्ण बहादुर ऐरिको अध्यक्षतामा गठन भएको उक्त समितिले मदिराशेवन गर्ने बानि परेका व्यक्तिले बेलुकी ६ बजे देखि ८ बजे सम्म वैधानिक कम्पनीद्वारा निर्मित सिलबन्दि मदिरा अाफ्नै घरमा लगि शेवन गर्नपाउने निर्णय गरेका थिए । त्यस्तै, भने साउण्डसिस्टम बजाउदा समाजमा शान्तिभंग हुनेगरी बजाउन नपाउने नियम बनाएका थिए । सो अनुरुप अनुगमन समितिले जारि गरेको सुचनापछि पनि घरेलुमदिरा अोसारपसार गर्दैगरेको अवस्थामा फेलापारि ३ सय लिटर मदिरा नष्ट गरिएको अध्यक्ष जैशीले बताए ।

यस अभियानसंगै गाउँका १८ जनाले पाँच-पाँच हजार खर्च गरि नगरपालिकामा पसल दर्ता गरेका छनभने वडाका जनप्रतिनिधि र अनुगमन समितिले सुरुवात गरेको अभियानले अाजभोली वडा नम्बर ९ मा निकै परिवर्तन अाएको वडा नम्बर ९ कि महिला अधिकारकर्मी पार्बती बुढा बताउछिन । यता पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा पनि शनिवार वडाध्यक्ष वीर बहादुर बोगटीको अगुवाइमा भेलाबसी स्थानीय गोरख बहादुर थापाको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन गरि शनिवार नै घरेलु मदिरा बिक्रीवितरण गर्ने पसलहरूमा घर दैलो गरि घरेलुु मदिरा पुर्णरूपमा बन्द गरिनुपर्ने जानकारी गराएका छन । समितिले सार्वजनिक बाटोमा छाडा पशुचौपाया बाध्न र छोड्न नपाइने, बाटोमा ट्रेक्टर चलाउदा हाइरौ गुडाउन तथा पटेला घिसार्न नपाइने, सबै व्यवसाय नगरपालिकामा दर्ता गरिनुपर्ने, खुला तथा मापदण्ड विपरीत मदिरा बिक्रीवितरण गर्न नपाइने , समाजमा झैझगडा नगर्ने, बाटो अतिक्रमण गर्न नपाइने लगायतका बिषयमा निर्णय गरेका छन । प्रथम चरणमा सबै पसले र गाँउलेहरूलाइ निर्णय बारेमा जानकारी गराइने र अटेर गरेमा जरिवाना गरिने नवगठित अनुगमन समितिका अध्यक्ष थापाले बताए । वडावासीले चालेको सकारात्मक अभियानमा प्रहरीले समेत सहयोग गरेकाछन ।

पुनर्वास नगरपालिकालाई नमुना नगरपालिकामा परिवर्तन गर्न वडाध्यक्ष र प्रगतिशील यूवाहरूले चालेको अभियानको उच्च मुल्यांकनका साथ स्वागत गर्दै उक्त अभियानमा अाफुले पुर्णरूपमा सहयोग गर्ने नगर प्रमुख जीवनराज थापा बताउछन ।