सुरक्षा संयन्त्रलाई चनाखो रहन मूख्यमन्त्री भट्टको निर्देशन - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सुरक्षा संयन्त्रलाई चनाखो रहन मूख्यमन्त्री भट्टको निर्देशन



धनगढी, कैलाली  । प्रदेश नं ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरुसंग पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।

बिहीबार बिहान काठमाडौंबाट फर्किए लगत्तै मुख्यमन्त्री भट्टले सुरक्षा निकायका प्रमुखलाई कार्यकक्षमै बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन । तराईका जिल्लाहरुमा दिन प्रतिदिन सुरक्षा चुनौति थपिएपछि मुख्यमन्त्री भट्टले सुरक्षा निकायहरुलाई सतर्क रहन निर्देशन दिए।
जनताको सुरक्षा प्रदेश सरकारको प्रमुख दायित्व भएको बताउँदै उनले सुशासन र शान्ति सुरक्षा कायम गर्न सुरक्षा संयन्त्रलाई चनाखो भइ काम गर्न समेत निर्देशन दिए ।

अपरान्ह प्रदेश प्रहरी कार्यालयका प्रमुख एआइजी माधव नेपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख श्याम कोइराला, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिनोद घिमिरेलाई मुख्यमन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन ।

सुरक्षा अधिकारीहरुले मूख्यमन्त्री भट्टलाई पछिल्लो सुरक्षा अबस्थाको बारेमा जानकारी गराउँदै सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताए ।