कञ्चनपुरमा महिला निर्घात कुटिईन् - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

कञ्चनपुरमा महिला निर्घात कुटिईन्



पुष्कर भट्ट / कञ्चनपुर  । केही दिन अघि कैलाली मा बोक्सी को आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटना नसेलाउदै आज कञ्चनपुर मा पनि महिला माथी कुटपिट भएको छ ।

बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्द लाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनि को घर मै आई कुटपिट गरेका हुन ।के कति कारण ले सोनि माथी आक्रमण गरेका हुन त्यो खुल्न बाकी छ । कुटपिट बाट सोनी को आंखा मा गम्भिर चोट लागेको छ ।

राकेश ले आफना औला हरु ले सोनी को आंखा घोचेको र उनको अनुहार मा तातो उम्लिरहेको घिउ फालीदिएका थिए । उनलाई उपचार का लागी महेन्द्रनगर आंखा अस्पताल मा ल्याईएको तर उनको आंखा बाट रगत बग्न नरोकिएको हुदा थप उपचार का लागी कैलाली को गेटा अस्पताल लगिएको छ । सोनी माथी हमला गर्ने राकेश चन्द को खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरी ले बताएको छ ।