पर्यटन पत्रकार संघको प्रथम निर्णय पर्यटन फोटो प्रर्दशनी गर्ने
बुटवल । नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीले आगामी बैशाख महिना प्रदेशस्तरीय पर्यटन फोटो प्रदशनी गर्ने भएको छ ।
५ नम्बर प्रदेशको पर्यटर्न विकास मद्धत पुयाउने उदेस्यले फोटो प्रद्धशनी बुटवलमा गर्ने निणर्य पर्यटन पत्रकार संघ रुपन्देहीको प्रथम बैठकले निणर्य गरेको हो । संघको दुई दिन सम्म पाल्पाको दोभान सुकेतालमा बसेको बैठकले बुटवल बरिष्ठ ५ जना पत्रकारलाई सल्लाहकार चयन गरेको छ।
सल्लाहकारका डि. आर. घिमीरे, माधव नेपाल, दिपक ज्ञावली, डायसन अधिकारी ,भरत के.सी. चेतन पन्त र दल बहादुर गूरुङ्ग रहनु भएको छ । यस्तै सस्थागत सल्लाहकारमा उपमहानगरपालिका , पत्रकार महासंघ रुपन्देही , बुटवल उद्योग बाणिज्य संघ , रुपन्देही उद्योग संघ , होटल तथा रेष्टुरेष्ठ व्यावसयी संघ , पस्चिम नेपाल बस व्यसाय संघ रहेका छन् ।
बैठकले सघको कार्यलाई सुस्त र चुस्त बनाउनको लागि ९ सदस्य सचिवलय समिति समेत गठन गरकेो छ । यस्तै कार्य समिति सदस्यमा मिना पौड्यल देवदह , कपिल अधिकारी , आचार्य प्रदिपलाई थप गर्ने निणय गरेको छ । यस्तै बैठक कोष स्थापन गर्ने लागतयका निणय गरेको छ।
दोभनाको पर्यटकिय विकासको लागि सामुहिक पहल आवस्यक
पाल्पा जिल्लोको तिनाउ गाउँकापालिका दोभान क्षेत्रको पर्यटन विकासको लागि सामुहीक पहल आवस्यकता देखीएको छ ।
नुवाकोटा,सुकेताल,पाटन,सत्यबती ताल , सिद्धबाबा धाम, भुतखोला आदिलाई व्यवस्थीत गरेर थप आन्तरीक तथा बाह्य पर्यटक भित्राउनको लागि सामुहिक पहल आवस्यक रहेको सरोकारबाहरुले बताएका छन् ।
दोभानको सुकेतालमा पर्यटन पत्रकार संघ रुपन्देहीले आयोजना गरेको दोभानको पर्यटन विकासको सम्भावनका र चुनैति बिषय अन्तरक्रिया सरोकारबालहरुले पर्यटनका हरेक दिष्टोकाणले दोभान सम्भावन रहेपनि उचित लाभ लिन नसकेको बताएका थिए ।
प्रदेश सभासद तुलाराम धर्तिले दोभानमा पर्यटनको सम्भावना परिचाहन भएपनि व्यावसायीक पर्यटनतर्फ लैजान नसकिएको बताए ।
उनले दोभानमा धार्मिक पर्यटन, भोगोलिक पर्यटन,सास्कृतिक पर्यटन ,कृषी पर्यटन आदि लागि थुपै अवसर रहेकोले अव व्यवस्थीत रुपमा काम गर्न स्थानीबासी , स्थानीय तह , प्रदेश सरकार , केन्द्र सवैको समन्यन गरेर अगाडी जाने बताए ।
तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले पर्यटन प्रवद्धन गर्नको लागि १० लाख रुपया बजेट विनियोजन गरेर काम भईरहेको बताए । उनले दोभान क्षेत्रलाई सम्भावनाहरुलाई प्रचार प्रसार र पर्यटन मैत्री बनाउनको लागि गाउँपालिकाले निति बनाएको बताए ।
एकिृत पर्यटन विकास समिति दोभानका अध्यक्ष दल बहादुर गूरुङ्गले पर्यटन उद्योगको रुपमा स्थापीत गर्नको लागि दोभानमा थुपै सम्भावन रहेकाले स्थानीय नै बढि जिम्बेबार पुर्वक लाग्नु पर्ने बताए ।
उनले अव पर्यटनको बिशेष्टीकरण गरेर दोभन क्षेत्रमा रहेका पर्यटकीय स्थानहरुको विकास र प्रवद्धन गरीने बताए । दोभान सामुदायीक बन समिति उपाध्यक्ष कृष्ण रेग्मी , सुकेताल पर्यटन प्रवद्धन विकास समितिका मान बहादुर सारुले सवैको सहकार्यमा पर्यटतन विकास गर्न दोभन जरुरी रहेको बताएका थिए ।
दोभान ३ हजार बार्षिक पर्यटन जाने गर्दछन् । सुलेतालको होम स्टेल पनि पछिल्ला बर्ष दोभानको अर्को आर्कषक केन्द्र बनेको हो । कार्यक्रमाको अध्यक्षता पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष भुवन कार्किले गरेका थिए । भने संचालन सचिव तेजेन्द्र के. सी.ले गरेका थिए ।