घोडाघोडी नगरपालिकाको मेयरको अर्को कर्तुत :यसरी मच्चाएका छन् ब्रम्हलुट - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

घोडाघोडी नगरपालिकाको मेयरको अर्को कर्तुत :यसरी मच्चाएका छन् ब्रम्हलुट



सुखड , कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगरपालिकामा ब्रम्हलुट मच्चाएका छन् ।

नगर प्रमुख चौधरी सुरु देखिनै  नगरपालीकालाइ आफन्त  र नातागोता भर्ती गर्ने केन्द्रका रुपमा प्रयोग गर्न थालेका छन् । २०७४ पौष २६ गतेको नगर कार्यपालिकाले निमार्ण गरेको बृहत घोडाघोडि ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम बिनियोजन गरेर उक्त बोर्डको कार्यकारी अधिकार सहितको उपाध्यक्षमा ३० हजार भन्दा बढि तलव सुबिधा रहने गरि नगरप्रमुख चौधरीले आफ्नै सहोदर दाई दयाराम चौधरीलाइ नियुक्त गरेका छन ।

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोडिङ स्कुलको संचालक समेत रहेका दयाराम चौधरीलाइ नगर प्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको राजपत्रमा प्रकासशत तृतीय श्रेणिको अधिकृतलाइ दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन । बोर्डमा उपाध्यक्ष नियुक्त  गरिएका आफ्नो सहोदर दाजुको बाहेक अन्य कसैको सेवा सुबिधा मेयर चौधरीले हाल सम्म तोक्नु भएको छैन ।  उपाध्यक्ष बाहेक अन्यको सेवा सुबिधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेले बताउनु भयो ।

राज्यको रकम र स्थानिय जनताले तिरेको करमा ब्रमलुट हुनथालेको सेवाग्राहीहरु बताउछन् । पर्यटन प्रवद्धन गर्न गठित बोर्डमा आफ्नै दाजुलाइ नियुक्त गरेपछि स्थानियबासी आक्रोसित बनेका छन् । मेयरको चलाखिमा बोर्ड गठन गरिएको र आफ्नै दाजुलाइ नियक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मिराम भट्टराइले बताउनु भयो । उहाँले भन्नुभयो,’ मेयर सापको मनोमानि बढ्दै गयो ‘।

घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले गरेको मनोमानि यत्ति मात्रै कँहा हो र नगरपालिकामा रहेका १२ वडा अध्यक्षहरुलाइ मोटरसाइकल बितरण गर्ने निर्णय समेत गरेका थिए । तर आफु अनुकुल मोटरसाइकको टेन्डर पास नभएपछि पास भइसकेको टेन्डर रद्ध गरेर नया टेन्डरको आह्वान गर्ने योजना बनाएका छन् ।  १ लाख ६६ हजारमा यामाह १२५ सिसिको मोटरसाइकल टेन्डरमा परेको छ भने सोही बराबर सिसि रहेको बजाजको मोटरसाइकलको खरिद मुल्य १ लाख ४४ हजारमा टेन्डर रहेको थियो । कम मुल्य हुदा टेन्डर बजाजको परेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेले जानकारी दिनुभयो  ।

जनताको कामका लागि जनतमत प्राप्त गरेर जनप्रतिनिधी बनेकाहरु अहिले बिलासि सेवा सुबिधालाइ प्राथमिकता दिन थालेका छन् । नगरप्रमुखले उपप्रमुख प्रेमकुमारी थापाको लागि मासिक १ लाख खर्च हुनेगरि स्कार्पियो भाडामा लिएका छन् । सवारीको मासिक ७४ हजार , सवारी चालक तथा इन्धन खर्च पनि नगरपालिकाले बेहोरि रहेको छ तर यसको बिषयमा कार्यपालिकामा छलफल समेत भएको छैन । कार्यपालिकामा सदस्य तथा बडा नम्बर ५ का अध्यक्ष्य प्रेम रोकायाले यस बिषयमा कार्यपालिकामा आवाज उठाउने बताउनु भयो । उहाँले भन्नुभयो ,’भाडामा लिने सामान्य कुरा थाहाँ थियो तर कतिका लिनुभयो भन्नेबारे हामी अनबिज्ञ छौ’ । प्रदेश सरकारले कानुन निमार्ण नगरे सम्म कुनै सेवा सुबिधा लिन नपाएने भएपनि नगरप्रमुख चौधरीले बिभिन्न शिर्षकमा प्रत्येक महिना मासिक २५ हजार भन्दा बढि रकम लिइरहेका छन् ।

२०७४ साल असोज १ गते नगरकार्यपालिकाको निर्णय अनुसार नगर प्रमुख चौधरीले संचार खर्च बाफत ८ हजार,  भ्रमण खर्च ५ हजार, इन्धन खर्च ३ हजार , अतिथि सत्कार खर्च ५ हजार र बैठक भत्ता २ हजार लिने गरेका छन् । त्यस्तै उपप्रमुख थापाले संचार खर्च बाफत ६ हजार,  भ्रमण खर्च ५ हजार, इन्धन खर्च २ हजार , अतिथि सत्कार खर्च ३ हजार ५ सय हजार र बैठक भत्ता १ हजार ५ सय लिने गरेका छन् । त्यस्तै वडा अध्यक्षहरुले संचार खर्च बाफत ३ हजार,  भ्रमण खर्च २ हजार, इन्धन खर्च ३ हजार , अतिथि सत्कार खर्च १ हजार र बैठक भत्ता १ हजार लिने गरेका छन् ।

नगरप्रमुख चौधरीले इन्धन खर्चका नाममा दोहोरो रकम लिइरहनु भएको छ । उहाँ चड्ने सवारीको मासिक रुपमा इन्धन खर्च नगरपालिकाले बेहोर्ने भएपनि उहाँले इन्धनका नाममा ब्यक्तिगत खर्चपनि लिनेगरेको पाइएको छ ।  स्थानिय तह संचालनमा आएको  ८ महिनामै घोडाघोडी नगरपालीकामा व्रमलुट सुरु गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छ्न । रेडियो डेलिमेलको सहयोगमा