प्रभुकाे शाखा बरेङमा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रभुकाे शाखा बरेङमा



बुटवल । बागलुङको बरेङ गाउँपालीका २ बरेङ बजारमा शुक्रबार एक कार्यक्रमका विच प्रभु बैंक लिमिटेडको १ सय ४० औं शाखा विस्तार गरिएको छ ।
बैँकको उत्घाटन गर्दै प्रमुख अतिथि बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिले सम्म मदुस र पटुकामा रहेका पैसा बैंकमा जम्मा हुने र केही गर्छु भन्ने युवाहरुका लागी कर्जाको अभाव नहुने बताउनुभएको छ ।
उत्घाटन कार्यक्रममा प्रभु बैंकका महाप्रवन्धक भोला प्रसाद पाठकले ग्रामीण क्षेत्रमा बैंक स्थापनाका विभिन्न समस्या रहँदा रहँदै पनी बजारकेन्द्रीत सेवा लाई ग्रामीण क्षेत्रमा पनि पुर्ण गरी बैंकिङ सेवा प्रदान गर्ने बताउनुभएको छ ।
ग्रामिण क्षेत्रमा स्थापना भएको बैंकले यस क्षेत्रको आर्थीक तथा सामाजिक विकासमा टेवा पुग्ने यस क्षेत्रका जनताको ठुलो अपेक्षा रहेको बताइएको छ ।
सरकाले राज्य पर्नसंरचाना गरी संघियताको पुर्ण कार्यान्वयनको डौडानमा स्थानिय तहमा सिँहदरबारको सेवा सुविधा अधिकार सम्पन्न गरेपछि स्थानिय तहका कार्यलाई चुस्त दुरुस्त बनाउनका लागी बैंकको ठुलो भुमीका रहने अपेक्षा गरिएको छ ।
साथै बैंकको स्थापनाले यस क्षेत्रबाट बैदेशिक रोजगारीमा रहेका युवाहरुले पठाएको रेमित्यान्स शुरक्षित र भरपर्दो माध्यमका रुपमा रहेर सेवा प्रदान गर्नेछ ।
बैंकको स्थापना संगै बागलुङको दक्षिण भेक साविकका धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान, शुखौरा, राङखानी, छिस्ती त्यस्तै गुल्मीको भुर्तुङ, खड्कोट,ग्वाघा लगाएत क्षेत्रका बासिन्दालाई प्रत्यक्ष तथा अप्रत्यक्ष सुविधा हुनेछ ।
बैंकको स्थापनाको पहिलो दिनमै २ सय बढिले बचत खाता खोलेको बैकंका शाखा प्रवन्धक रेशम आचार्यले जानकारी दिनुभयो ।
बैंकको उत्घाटन समारोहमा धार्मिक परम्परा अनुसार शुभ साहित पारेर पण्डित गोकुल ढकालले पुजा आजा गरेर गर्नुभएको थियो ।
बैक स्थापना संगै बरेङबजारमा चहलपहल वढेको छ । यसले वजारको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको छ ।
कार्यक्रम बैंकका महाप्रभन्धक भोला प्रसाद पाठक को अध्यक्षता उत्तम कुमार राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।